२१ कार्तिक २०८३, शनिबार

ग्याँसको मूल्य घटाएर जनतालाई राहतः आपूर्तिमन्त्री

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सरकारले खाना पकाउने एलपि ग्याँसको मूल्यमा २५ रुपैयाँ घटाएको छ । १३ सय ५० रुपैयाँ रहेको ग्याँसको मूल्य घटाएर १३ सय २५ बनाएको हो । नयाँ मूल्य आज (मंगलबार) रातीदेखि नै लागु हुने छ ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलले जनतालाई राहत दिनका लागि शुरुवात स्वरुप ग्याँसको मूल्य घटाईएको बताउनुभयो । ‘अन्तराष्ट्रिय बजार मूल्य अनुसार समायोजन गरी प्रारम्भिक रुपमा जनतालाई राहत दिन थालनी गरीएको छ,’ उहाँले भन्नुभयो ‘जनताको हितका लागि अन्य दैनिक अत्यावस्यक वस्तुहरुको मूल्य पनि समायोजन गर्नु जरुरी हुन्छ ।’

मन्त्री मण्डलले अव सरोकारवाला निकायसंग छलफल गरेर अन्य अत्यावस्यक वस्तुको मूल्य पनि समायोजन गरीने बताउनुभयो । बजार अनुगमन तिब्र पारी जनतालाई प्रत्यक्ष असर पर्ने कुराहरु मूल्यबृद्धि, गुणस्तरहिन सामानको विक्री वितरण लगायतका कमजोरी तत्काल सुधार गरीने उहाँले बताउनुभयो । ‘शुद्धता, गुणस्तर र तौलमा भएका कमजोरी हटाउने काम अव तत्काल गरिने छ’ उहाँले भन्नुभयो ।