काठमाडौं, १७ असार । चिकित्सा शिक्षा विधेयक पारित गर्ने लगायतका माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा सोलिडारिटि फर डा. गोविन्द केसी अलायन्स संगै विवेकशील साझा पार्टीले आज मिति २०७४ श्रावण १७ गते मंगलबार दिउँसो २ बजे सरकार तथा सांसदलाई झकझकाउन घण्ट बजाउँदै प्रदर्शन गरेको छ ।
कार्यक्रममा “६०१ लाई भत्ता, चिकित्सा ऐन बेपत्ता”, “माफियाहरु देश घेर्दै, ६०१ के हेर्दै”, लगायतका नाराहरु लेखिएको प्लेकार्डहरु टाउकोमा बेरी विरोध गरिएको थियो भने सरकार तथा सांसदहरुको ध्यानाकर्षण गराउन नारा पनि लगाईएको थियो l साथै, थाहा नपाएको जस्तै गरि चुप बसेका ६०१ सांसदहरुलाई ब्युझाउन ६०१ चोटी घण्ट पनि बजाईएको थियो ।
नेपालको स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै अनसन बस्दै आउनुभएको डा. गोविन्द केसीको ११ औँ सत्याग्रहको आज आठ दिन बितिसकेको छ । तर पनि सरकार तथा संसदहरुले उहाँको माग प्रति गम्भीर देखिएको छैन।













प्रतिक्रिया