४ कार्तिक २०८३, बुधबार

खाना पकाउने ग्यासको मूल्य घट्यो, प्रतिसिलिण्डर कति पुग्यो ?

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मुल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मुल्य घटाएको प्रवक्ता सीताराम पोख्रेलले जानकारी दिए ।

१३ सय ५० रुपैयाँ पर्ने खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य अब १३ सय २५ रूपैयाँ कायम भएको छ । नयाँ मूल्य मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।

निगमका प्रवक्ता पोखरेलले अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसँगै निगमले ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको बताए ।

अन्य पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।