२ कार्तिक २०८३, सोमबार

भारतीय दूतावास पुगे राजपा अध्यक्ष मण्डलका ५ नेता, के भयो कुराकानी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका ५ सदस्य मंगलबार भारतीय राजदूतावास गएका छन् ।

संविधान संशोधन, आसन्न तेस्रो चरणको स्थानीय चुनाव, केन्द्र र प्रदेशको चुनाव, राजपाको आगामी रणनीतिबारे छलफल तथा परामर्श लिन नेताहरु दूतावास गएको स्रोतले बताएको छ ।

लैनचौरस्थित दूतावास जानेमा राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र अनिल झा रहेका छन् । पाँचै नेताले भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग समसामयिक राजनीतिक विषयमा परामर्श गरेको स्रोतको भनाई छ ।

राजपालाई भारतले के सुझाव दियो भन्ने विषय भने खुल्न सकेको छैन् ।