काठमाडौं । फिल्म मेकर छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवाह हुन लागेको चर्चा बेला–बेलामा चलिरहन्छ । हुन त छवि र शिल्पाको विवाहको चर्चा पहिले पनि भएको हो ।
त्यतिबेला यो हल्ला फिल्मको पब्लिसिटीका लागि मात्र चलाइएको चर्चा चलेको थियो । अहिले भने छवि र शिल्पा पोखरेलको विवाह पक्का–पक्की भएको स्रोत बताउँछ ।
निर्माता ओझाले निर्माण गरेका पछिल्ला सबै चलचित्रमा शिल्पा पोखरेलले नायिकाका रूपमा अभिनय गरेकी छिन् ।
शिल्पा पोखरेलको चलचित्रमा प्रवेश भने सानो पर्दाबाट भएको थियो । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी शिल्पा पोखरेलले टेलिचलचित्र घरभेटी बाबाट चर्चा पाएकी थिइन् ।
टेलिचलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दागर्दै निर्माता छवि ओझाको क्याम्पमा छिरेकी शिल्पा पहिलोपल्ट छवि ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’मा अभिनय गरी चलचित्रमा प्रवेश गरिन् ।
अहिले उनीहरू ज्योतिषिले तत्काल विवाह गर्ने साइत नजुरेकाले विवाह गर्न मिल्दैन भनेका कारण मात्र रोकिएको बताइन्छ ।
पूर्वपत्नी रेखा थापासँग पारपाचुके गरेपछि छवि एक्लै बस्दै आएका थिए । रेखासँगको विछोडपछि छविले शिल्पालाई नजिक ल्याएको चर्चा फिल्मी बजारमा हुने गरेको छ ।















प्रतिक्रिया