१० मंसिर २०८३, बिहिबार

मेजर सृष्टि खड्काले राखिन नेपाली सेनामा नयाँ रेकर्ड, पहिलो महिला गुल्मपति बन्न सफल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सृष्टि खड्काले नेपाली सेनाको गोरखकाली गुल्मको जिम्मेवारी पाएकी छिन् ।

सेनाको मेजर पदमा कार्यरत खड्काले साउन १ गते गुल्मपतिको जिम्मेवारी पाएकी हुन् । अब उनले गोरखकाली गुल्मको गुल्मपतिको कमाण्ड सम्हाल्ने छिन् ।

सैनिक मुख्यालयले उपत्यकाभित्रको पृतनामा रहने गरी महिलालाई पहिलो पटक गुल्मपति बनाएको स्रोतको भनाइ छ । खड्काले स्टाफ कलेज गरेकी छैनन् ।

सेनानी खड्का २०६१ माघ १७ मा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन ।