थाइल्याण्ड, १७ साउन । मुलुकको विकासका लागि निर्माण व्यवसायीहरुले ठूलो योगदान गरे पनि राज्यले त्यसको मूल्यांकन गर्न नसकेको गुनासो व्यवसायीहरुले गरेका छन् ।
थाइल्याण्डको पटायामा भएको महासंघको एशोसिएट समन्वय कार्यसमितिको सातौं भेलालाई सम्बोधन गर्दै व्यवसायीहरुले विकास निर्माणको क्रममा देखिएको अवरोधका लागि व्यवसायीहरु मात्र जिम्मेवार नरहेको बताए ।
आफूले गरेको गल्ती स्वीकार्न आफूहरु तयार रहेको भन्दै उनीहरुले एकोहोरो व्यवसायीहरुलाई मात्र गाली गर्ने काम औचित्यहीन भएको बताए ।
व्यवसायी मैत्री ऐन कानूनका लागि महासंघ अब आन्दोलनमा जाने उनीहरुको भनाइ थियो । महासंघ अध्यक्ष शरदकुमार गौचनले व्यवसायीहरुको लचकतालाई कमजोरीको रुपमा नलिन राज्यसँग अनुरोध गर्नुभयो ।
सबै तह र तप्काका व्यवसायीहरुको हितका लागि महासंघ गम्भीर रहेको गौचनले बताउनुभयो ।
महासंघका मार्नाथ सदस्य जीप छिरिन लामा शेर्पाले आफनो हक अधिकारका लागि व्यवसायीहरु आफै सजग हुनुपर्छ भन्नुभयो ।
महासंघका सल्लाहकार सुकुन्तलाल हिराचनले नेपालमा विकास निर्माणको काम स्वदेशी निर्माण व्यवसायीहरुले मात्र गर्न सक्ने बताउनुभयो ।
महासंघका अर्का सल्लाहकार हरिनारायण रौनियारले व्यवासयीहरुबीचको एकता अपरीहार्य भएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले व्यवसायीका समस्यामा राज्य गम्भीर नभएको बताउनुभयो ।
महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक निकोलास पाण्डेले कार्य समितिको गतिविधिबारे जानकारी दिनुभयो । कार्य समितिका कोषाध्यक्ष मुकेश पन्त, सदस्यद्धय उज्वल गौतम, मोहनकृष्ण श्रेष्ठ लगायतले व्यवसायीहरुका विविध समस्याबारे चर्चा गर्नुभयो ।















प्रतिक्रिया