काठमाडौं, १६ साउन । स्कुलबाट घर फर्किने क्रममा अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । उनका अनुसार विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत छात्र चौधरी साउन १२ गते विद्यालयबाट घर फर्कने समयमा अपहरणमा परेका थिए ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया