
काठमाडौं, १६ साउन। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । उनी गुरुङ समुदायबाट बाणिज्य बैंकको सिइओ बन्ने सम्भवतः पहिलो बैंकर हुन् ।
सिभिल बैंकले तीन महिना अघि नै साउन १३ गतेदेखि लागु हुने गरेर गुरुङलाई नियुक्ति दिएको थियो । तर, बिदा परकोले उनले आइतबारबाट मात्र कार्यभार सम्हालेका हुन् ।
पाँच बर्षअघिदेखि सिभिल बैंकमा सेवा सुरु गरेका गुरुङ २१ बर्षदेखि बैंकिङ क्षेत्रमा छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन दुई कार्यकाल पूरा गरी साउन १२ गतेबाट रिटायर्ड भएका छन् ।















प्रतिक्रिया