१० मंसिर २०८३, बिहिबार

भरतपुर प्रकणबारे एमालेको धारणा आउँदै, स्थायी समिति बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । सर्वोच्च आदलतले भरतपुरमा पुनः मतदान गराउन दिएको आदेश, मुलुकको पछिल्लो अवस्था लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा समग्र विषयमा छलफल हुनेछ ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार भरतपर महानगरपालिकाको एउटा वडामा पुनः मतदान गराउन सर्वोच्चबाट आएको फैसलाका विषयमापनि छलफल हुनेछ ।

सर्वोच्च अदालतले आइतबार भरतपुरको एउटा वडामा पुनः मतदान गराउन आदेश दिएको छ ।