काठमाडौं । अधिकांश निर्माता निर्देशकले आफ्नो चलचित्र प्रचारको थालनी बिभिन्न तडक भडकबाट गर्ने गरेका छन् । यो मामलामा केही भिन्न देखिएका छन् चलचित्र ‘लिला’ युनिट ।
‘लिला’ले आफ्नो प्रचार प्रसारको थालनी समाज सेवाबाट गरेको छ । आइतबार निर्माण युनिटले पशुपतिस्थित वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचार सुरुवात गरेको छ । निर्माता कृष्णप्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवामार्फत प्रचार सुरु गरेको हो ।
सोही कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संन्चिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबीराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले वृद्धवृद्धालाई खाना खुवाए । चलचित्रकी मुख्य अभिनेत्री मलिना जोशीले भने कार्यक्रममा देखा परिन् ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन् भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेका छन् । चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको चलचित्र ‘लिला’ प्रेम, एक्सन र सस्बेन्स लगायत विषयले भरिपूर्ण चलचित्र भएको प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए । यो फिल्म भदौ ३० गते रिलिज हुँदैछ ।















प्रतिक्रिया