२१ कार्तिक २०८३, शनिबार

केन्द्रीय लाइनको विद्युत सेवा अबरुद्ध, रुकुम सदरमुकाम अंध्यारोमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १५ साउन । केन्द्रिय लाईनको विद्युत सेवा अवरुद्ध बन्दा मुसिकोट सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रमा बत्ति बल्न छोडेको आज तीन दिन पुरा भएको छ ।

अनियमित रुपमा कहिलेकाँहि मात्र आउने बिद्युत सेवा लगातार तीन दिनसम्म पनि नआउँदा अहिले सदरमुकाम मुसिकोट अन्धकारमय बन्न पुगेको छ । अबरुद्ध बिद्युत सेवाका कारण सदरमुकाम खलंगामा रहेका कलकारखाना, संचार माध्यम तथा विभिन्न कार्यालयहरुको दैनिक कामकाजमा समेत ठूलो समस्या पर्न गएको छ ।

उपभोक्ताले नियमित रुपमा बत्ति बाल्न नपाउँदा र लगातार तीन दिन सम्मको अंध्यारोमा बस्नुपर्ने बाध्यताले यतिबेला मुसिकोट बासीमा चिन्ता थपिएको छ । तर, नेपाल बिद्युत प्राधिकरण रुकुम वितरण केन्द्रले भने प्राविधिक समस्याका कारण विद्युत सेवा अवरुद्ध हुन गएको जानकारी दिएको छ । त्यस्तै मौसममा आएको समस्या र लामो दूरीका कारण पनि विद्युतमा थप समस्या देखिने गरेको वितरण केन्द्रको भनाई छ । वितरण केन्द्रका अनुसार अवरुद्ध बिद्युत सेवा नियमित हुन अझै केही दिन लाग्ने बताईएको छ ।

वर्तमान सरकारका गृहमन्त्री जनार्दन शर्मा यसअघिको सरकारमा उर्जामन्त्री हुँदा रुकुममा नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय बिद्युत सेवा जडान गरिएको थियो । रुकुममा समेत केन्द्रिय लाईनको बिद्युत सेवा जडान गरिए पछि आम रुकुमबासीमा बत्ति बाल्न पाईने आशामा खुशी छाएको थियो । तर, अहिले त्यो सबै रुकुमबासीको खुशी केन्द्रिय लाईनको बिद्युतले खोसिदिएको यहाँका स्थानीहरु बताउँछन् ।

कतिपय स्थानीय बासीहरु भने केन्द्रिय लाईनको बिद्युतलाई रोकेर तत्काल यसअघिको स्पार्पू जलबिद्युतको बिद्युत सेवा नै जडान गर्नुपर्ने बताउँछन् । नेपाल बिद्युत प्राधिकरणको ३३ केभिए क्षमता भएको बिद्युत सेवा रुकुम वितरण केन्द्रबाट नै वितरण गरिने बताईएपनि हाल ११ केभिए सम्म क्षमता भएको बिद्युत सेवा वितरण गरिएको छ । ११ केभिएको बिद्युत सेवाको क्षमता पनि एकदम कम भएकाले यहाँका स्थानीयहरु केन्द्रिय लाईनको बिद्युत सेवाबाट सन्तुष्ट भने छैनन् ।