काठमाडौँ, १५ साउन । धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा रौतहट ङयाल–८ घर भएका २५ बर्षीय सुमन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विश्वकर्माले शनिबार राति कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर स्थित बाटोमा हिडिरहेका जाजरकोट छेडागाड नगरपालिका–१२ घर भएका १८ बर्षीय प्रकाश अधिकारीलाई टाउकोमा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाई साथमा रहेको नगद २० हजार रुपैयाँ र १ थान मोवाईल लुटेको बताइएको छ ।
सो घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई कलंकी खसी बजारबाट पक्राउ गरेको थियो । घाइते अधिकारीलाई उपचारको लागी कीर्तिपुर मोडेल अस्पतालमा पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया