२१ कार्तिक २०८३, शनिबार

सरकारलाई दिएको समर्थनबारे अध्यक्ष सिंहले वार्ता गर्ने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा सम्बन्धित पक्षहरूसँग वार्ता गरेर अन्तिम निर्णय लिने भएको छ ।

काठमाडौंमा शनिबार बसेको समाजवादी जनता पार्टीको अध्यक्षमण्डलको बैठकले छिट्टै सरोकारवालासँग परामर्श गर्ने निर्णय गरेको अध्यक्ष प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

‘सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने सम्बन्धमा बिभिन्न पक्षसंग बार्ता गरी आवश्यक निर्णय लिन निर्णय भएको छ’, अध्यक्ष सिंहले भन्नुभयो, ‘वार्ताको जिम्मेवारी मैले पाएको छु ।’

सो पार्टीले आगामी निर्वाचनहरूमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले ब्यबस्था गरे बमोजिम अन्य राजनीतिक दलहरूसंग कार्यगत एकता गर्ने, एकीकरण वा गाभिने वा एकल चुनाव चिन्ह लिई निर्बाचनमा सहभागी हुने सम्बन्धमा पनि निर्णय गर्ने अधिकार अध्यक्ष सिंहलाई दिएको छ ।