
काठमाडौं । नेपाली मोडल आदिती बुढाथोकीले भारतीय म्युजिक भिडियोमा अभिनय गरेकी छन् । र्यापर रफ्तार र मनिन्दर बुट्टरको ‘गल गोरिए’ बोलको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।
जी म्युजिक कम्पनीको औपचारिक च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोलाई ३७ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । म्युजिक भिडियोलाई जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्ट्सले संयुक्त निर्माण गरेको हुन् ।
अरविन्द खैराले निर्देशन गरेको भिडियोमा मोडल बुढाथोकी डान्स गर्दै देखिएकी छन् ।
बलिउडमा करियर बनाउन संघर्षशील मोडल बुढाथोकीले यसअघि विभिन्न विज्ञापनहरूमा समेत काम गरिसकेकी छन् ।















प्रतिक्रिया