१ कार्तिक २०८३, आइतबार

ओप्स टेटेमा विकिन, सक्षम र मेलिनालाई स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । श्रृजना ज्ञान सागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरील्यान्डकी मेलिना मानन्धरले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विकिन सिनियर ब्वाइज, सक्षम जुनियर ब्वाइज र मेलिना खुला गल्र्समा विजेता बने ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना तथा पुष्पकुञ्ज हाइ स्कुलको संयोजनमा भएको प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा विकिनले राजन मेमोरियलका अनुप नेपाललाई १२–१०, ११–६ र ११–६ को सोझो सेटमा पराजित गरे । हिमरश्मीका अश्विन अधिकारी र सेबका रेजिल गुरुङ संयुक्त रुपमा तेश्रो भए ।

सामाखुशीको मित्रनगरस्थित पुष्पकुञ्जमा भएको प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा सक्षमले श्रृजना ज्ञान सागरका प्रवीण सापकोटालाई ६–११, ११–५, ११–१३, ११–३ र ११–६ को सेटमा हराए । पुष्पकुञ्जका प्रतीक सुब्बा र जीसीएका प्रवीण भुसाल तेश्रो बने ।

खुला गल्र्सको उपाधि भिडन्तमा मेलिनाले ज्ञान मन्दिरकी रविना खत्रीको चुनौती १२–१०, ११–९ र ११–५ को सीधा सेटमा समाप्त पारिन् । न्युटनकी विनिशा केसी र श्रृजना ज्ञान सागरकी प्रेमकुमारी तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।

समग्रमा श्रृजना ज्ञान सागर टिम च्याम्पियन बन्यो । श्रृजना ज्ञान सागरले तीन स्पर्धा समावेश प्रतियोगितामा समान १ स्वर्ण, १ रजत र १ कांस्य जित्यो ।

विजेतालाई प्याब्सन प्रदेश नं. ३ का अध्यक्ष थकिनकुमार गुरुङ, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, पुष्पकुञ्जका संस्थापक प्रिन्सिपल एवं प्रतियोगिता संयोजक एकबहादुर आले, ओप्सका सचिव शिवप्रसाद अर्याल, त्रिभूवन विश्वविद्यालयका उप प्राध्यापक शैलेन्द्र चिलवाल र ओप्सका ईसीए कोओर्डिनेटर राजेन्द्र कडरियाले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ओप्समा आबद्ध विभिन्न १८ विद्यालयका ४७ खेलाडीले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।