काठमाडौ । मोडलबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेकी सुदीपा घिमिरे (सीता) अहिले लोकदोहोरी गायिकाको रुपमा उदाएकी छिन् ।
सुदीपाले आउँदै गरेको तिजलाई लक्षित गर्दै आफ्नो पहिलो एल्बमबाट साडी र चोलीले भन्ने बोलको गित बजारमा ल्याएकि छिन् । पहिलो पल्ट बजारमा आएको साडी र चोलीले भन्ने लोक दोहारी गित दर्शक तथा स्रोताहरुले मन पराएको उनले बताइन् । आफैले अभिनय गरेको काट्छन मेरै कुरा भन्ने बोलको गित पनि छिटै बजारमा आउन लागेको उनले बताइन् ।
विद्यालय पढ्दाखेरिनै सांगीतिक क्षेत्रमा धेरै रुचि रहेको उनको पहिलो एल्बम बजारमा आएपछि थप उत्साहित भएको बताइन् । आगामि दिनहरुमा पनि लोक संगीतलाई माया गर्दै गाउने र अभिनय गर्ने दुबै कामलाई संग संगै लैजाने उनको भनाइ रहेको छ । नुवाकोट खड्गभञ्जाङमा जन्मेकी उनि अहिलो काठमाण्डौको वालुवाटारमा बसोबास गर्दै आएकी छिन् ।















प्रतिक्रिया