बारा, १४ साउन । नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले समाजको रुपान्तरण एमालेले मात्र गर्न सक्ने दाबी गर्नु भएको छ ।
नेकपा एमाले बाराद्धारा परबानिपुरमा आयोजित २ दिने जिल्लास्तरीय आवासिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पोखरेलले एमालेले आधारभुत तहका जनताको समस्या पुरा गर्ने बताउनुभयो । नयाँ संविधानले आदिबासी, जनजाति, मधेसीका अधिकार सुनिश्चित गरेको दाबी गदै यसको कार्यान्वनका लागि तीन तहको निर्वाचन हुनुपर्ने बताउनुभयो ।
उहाँले संबिधान संशोधनको हठ छोडेर निर्वाचनममा आउन असन्तुष्ट पक्षलाई आग्रह समेत गर्नुभयो । संविधानमा चित्त नबुझेका कुनै कुरा भए छलफल र प्रक्रियाबाट समाधान गर्न सकिने उहाँको भनाई छ ।
एक अर्को प्रसंगमा नेता पोखरेलले लोकतान्त्रिक गणतन्त्र र समाबेशी र सहभागितामुलक उपलब्धिको रक्षा र मुलुकलाई समृद्धिको दिशातर्फ लैजान संबिधानको कार्यान्वनका लागि स्थानिय तहको निर्वाचन अपरिहार्य हुनुका साथै एमालेको बहुमतको सरकार नै जनताको तिब्र चाहना भएको तथ्य बिगतका २ चरणका निर्वाचनबाट साबित भएको दाबि गर्नु भयो ।
जिल्ला कमिटी अध्यक्ष सुन्दर बिकको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम प्रदेश नम्बर २ का सह संयोजक नागेन्द्र चौधरी, केन्द्रिय सदस्य ईश्वरी रिजाल, केन्द्रिय सदस्य एवं बारा इन्र्चाज बलबरि चौधरी, सह इन्र्चाज दिनेश राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, नेपाल खेलकुद महासंका केन्द्रिय अध्यक्ष एवं सांसद पुरुषोत्तम पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो थियो । कार्यक्रमको संचालन नारायण गौतम र स्वागत देबनारायण चौधरीले गर्नुभएको थियो ।
आजको सत्रमा जनताको बहुदलीय जनवाद र आर्थिक सामाजिक रुपान्तरणका बिषयमा स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदेश नम्बर २ को विस्तृत परिचयका बारेमा नागेन्द्र चौधरी र मार्क्सवादी दर्शन र सामाजिक रुपान्तरणका बिषयमा ईश्वरी रिजालले प्रशिक्षण दिइरहनु भएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।
साथै भोलिको शत्रमा तराई मधेसका समस्या र निर्वाचनको तयारीका बिषयमा शंकर पोखरेल र नेपालमा कम्युनिष्ट स्थापनाको मुल लक्ष्य र प्राप्त उपलब्धिका बिषयमा ईश्वरी रिजालले प्रशिक्षण दिनुहुने प्रचार बिभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।












प्रतिक्रिया