१० मंसिर २०८३, बिहिबार

आमरण अनशन बस्ने डा. गोविन्द केसी, जस पाउने चाँहि हिसिला यमी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । काठमाडौँको टिचिङ अस्पतालका चिकित्सक डा. गोविन्द केसीको आन्दोलनलाई प्रयोग गरेर राजनीतिक फाइदा लिन यतिबेला नयाँ पार्टीबीच होडबाजी नै चलेको छ ।

खासगरि, विवेकशील पार्टी र नयाँ शक्ति पार्टीबीच चर्को होडबाजी देखिएको छ । डा. केसीको मुद्दालाई उचालेर राजनीतिक फाइदा लिन नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमी शनिबार डा. केसीको पक्षमा निकालिएको जुलुसमा सहभागी भइन् । जुलुसमा हिसिलालाई देखेपछि सहभागीबीच गाइँगुँइसमेत चलेको थियो । जुलुसमा एकजना सहभागीको टिप्पणी थियो – ‘एशियाकै भ्रष्ट महिलाको रुपमा चर्चामा आएकी हिसिलाले भ्रष्टाचारविरुद्ध नारा लगाएर केसीको पक्ष लिन सुहाउला ?’

जुलुसमा विवेकशील पार्टीका अध्यक्ष उज्जल थापा र भर्खरै मात्र साझा पार्टीलाई विवेकशीलसँग मर्ज गराएका रवीन्द्र मिश्रसम्म केसीको पक्षमा जुलुस निकाल्न काठमाडौँको माइतीघर मण्डलासम्म पुगेका थिए । यसैगरी, हास्य कलाकार निर्मला शर्मादेखि टिचिङ अस्पतालका चिकित्सकदेखि विद्यार्थीसम्मले जुलुसको अगुवाई गरेका थिए ।

डा. केसीले गत सोमबारदेखि ११औं पटक आमरण अनशन जारी राखेका छन् । जुलुसमा सहभागी रमेश खत्री भन्दै थिए- ‘केसी डा. साप आमरण बस्ने, जस चाँहि यिनीहरुले पाउने ?’