१० मंसिर २०८३, बिहिबार

डा. गोविन्द केसीका समर्थक ‘माफियाका मलामी’ !

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । एघारौं पटक अनशनमा बसेका शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको पक्षमा शनिबार काठमाडौँमा र्‍याली निकालिएको छ ।

काठमाडौँको माइतीघर मण्डलाबाट निकालिएको जुलुसमा चर्चिक कलाकारदेखि राजनीतिकर्मीसम्मको सहभागिता थियो । डा. केसीका समकक्षी चिकित्सक, विद्यार्थीदेखि विवेकशील नेपाली दलका अध्यक्षसम्म र्‍यालीमा देखिए ।

यसपटकको र्‍यालीलाई मेडिकल माफियाको मलामीका रुपमा संकेत गरिएको थियो । माफियाको पुत्लालाई बाँसमा बाँधेर शंख र घन्ट बजाउँदै हिँडाइएको थियो । यसैगरी, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले सांसदहरुलाई माफियाका पूजारी बनाएर ‘माफिया पूजन’ कार्यक्रम गरेका थिए । डा. केसी एक सातादेखि आमरण अनशनमा छन् ।