झलारी (कञ्चनपुर), १४ साउन । कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले नगरबासी दिदीबहिनीको हातबाट राखी बाँधेका छन् ।
रक्षाबन्धन तथा जनैपूर्णीमाको अवसरमा शुक्रबार सामाजिक सद्धभावका लागि रक्षाबन्धन तथा शुभकामना सन्देश कार्यक्रमको आयोजना गरी नगरका विभिन्न समुदायका दर्जनौँ महिला दिदीबहिनीहरुको हातलबाट राखी लगाएका छन् ।
उनले कार्यक्रममा बोल्दै भने आजको समयमा सामाजिक सद्भाव अपरिहार्य भएको बताए । उनले भने, ‘हामी सामाजिक तथा जातिगत रूपमा विभिन्न समुदायको प्रतिनिधित्व गरेपनि एकअर्काको संस्कार र संस्कृतिको सम्मान गर्नुपर्दछ । तबमात्र सामाजिक सद्भाव, भातृत्व र एकता जिवित रहन्छ ।’
मुलुकमा विभिन्न समयमा देशको राजनैतिक उतारचढाव भएता पनि त्यसले नेपाली संस्कृतिमा कुनै असर नपुर्याएको बताए । उनले भने, ‘त्यसको मुल कारण हामीमा भएको भातृत्व र सद्भाव हो ।’
कार्यक्रममा नगर प्रमूख चन्दले अन्तर जातीय अन्तर-समुदायीक सम्वन्ध कायम गर्दै आएका दर्जनौ जोडीलाई सम्मान पनि गरेका छन् ।













प्रतिक्रिया