१० मंसिर २०८३, बिहिबार

भारतको दिल्लीबाट नेपाली चेलीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सीताराम चौधरी

कपिलवस्तु, १४ साउन । मोटो रकम कमाउने चक्करमा भारतको दिल्ली पुगेकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले भारतको दिल्लीबाट किशोरीको उद्धार गरेको हो ।

उद्धार गरिएकी किशोरी स्याङ्जाको पुतली बजार घर भई हाल तनहुँ दुलेगौंडा बस्दै आएकी २४ वर्षीय सपना (नाम परिवर्तन) हुन् । उनलाई हेल्पप्रस देहरादूनको सहयोगमा दिल्लीको एक होटलबाट उद्धार गरी नेपाल फर्काएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

दिल्लीको पहाडगञ्जस्थित स्वीट ड्रिम इन होटलमा एक महिनादेखि नजरबन्दमा राखिएकी सपनालाई पीआरसीले उद्धार गरी नेपाल फर्काएको हो । किशोरीलाई होटलभित्रै नजरबन्दमा राख्ने होटल संचालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।

बाग्लुङ कुस्माकी ४४ वर्षीय सविना शेख नामकी मुस्लिम महिलाले सिंगापुर पठाउने भन्दै किशोरीलाई एक महिनाअघि भारतको दिल्ली पु-याएकी थिइन् ।

विचौलियालाई ४ लाख रकम समेत बुझाएको किशोरीले बताएकी छन् । आफूलाई होटलभित्रै नजरबन्द गरी राखेपछि किशोरीले इन्टरनेटमार्फत कतार बस्ने आफ्नो फुपाजुलाई जानकारी दिएको बताइन् ।

किशोरीकै फुपाजुले मानवअधिकारकर्मी देवेन्द्र भट्टराईलाई किशोरीको बारेमा बताएका थिए । देवेन्द्रबाट पाएको सूचनाका आधारमा पीआरसी संयोजक भूमिराज भट्टराई र नानुमाया भट्टराई किशोरीलाई उद्धार गर्न भारतको दिल्ली पुगेका थिए ।

भारतको देहरादूनस्थित हेल्पप्रस नामक संस्थाका संयोजक विशाल थापाको सहयोग लिई किशोरीको उद्धार गर्न सफल भएको पीआरसी संयोजक भट्टराईले बताए ।