४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक २०औँ वर्षमा प्रवेश, अग्रणी बैंक बन्ने लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ वर्ष पार गरी २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल सोल्टी क्राउनप्लाजामा एक भव्य कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदीशप्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ्ग क्षेत्रमा Nepal Industrial and Commercial Bank प्रवेश गरेको जानकारी दिए ।

‘बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा बढी सेयरको लागि आवेदन प्राप्त गरेको, गुणस्तरीय सेवा प्रदान गरे बापत बैंकले ISO 9001:2008 certified भई सो Recognition पाउने एक मात्र वाणिज्य बैंक भएको, अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड बैंकले प्राप्त गरको लगायतका बैंकका ऐतिहासिक पृष्ठभूमि एवं उपलब्धीहरु भएका छन्’, उनले भने ।

बैंकले १२५ भन्दा बढी शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको भन्द्र अध्यक्ष अग्रवालले बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजारभन्दा धरै रहेको बताए । उनले बैंकका कर्जा ग्राहक संख्या २५ हजारभन्दा बढी रहेको र बैंकका Digital Banking सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको समेत जानकारी दिए ।

बैंक स्थापना कालमा रु. १०० को १ साधारण शेयरमा लगानीगर्ने शेयर धनी महानुभावहरुको लगानीबाट हालको बजार मुल्य अनुसार रु.३,४९० को मुनाफा हुने अवस्था रहेको भन्दै अग्रवालले बैंकले Digital Banking अन्र्तगत Cash less Man/ less Banking तर्फको यात्रामा उल्लेख्य आधार तय गरेको बताए ।

सोही कार्यक्रममा बैंकका अध्यक्षले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा Television Commercial (TVC) तथा Souvenir Video को बिमोचन समेत गरे ।

कार्यक्रममा बोल्दै बैंकको Brand Ambassador मनीषा कोइरालाले बैंकको ग्राहक मैत्री सेवा, Strategies, Financial Inclusion जस्ता राष्ट्रिय Priority का बिषयमा यस बैंकले खेलेको भूमिकाले यस बैंकप्रति थप आत्मियता महसुस भएको बताए । उनले भने, ‘बैंकसगँ प्रत्यक्ष रुपमा सहकार्य गर्नपाउँदा राष्ट्रकै सेवा गरेको महसुस भएको र “बैंक पनि साथी पनि” को भावनाका साथ बैंक आगामी दिनमा सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक हुने कुरामा पूर्ण रुपमा बिश्वास लिएको छु ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले धन्यवाद ज्ञापन गर्दै वैंकले ३ वर्ष अगाडिनै आफ्ना दीर्घकालीन रणनीति तर्जुमा गरेको जानकारी दिए । उनले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र ए टि एम संख्या १००० पु-याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको र सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढि रहेको समेत जानकारी दिए ।