२९ आश्विन २०८३, बिहिबार

अश्वेत भन्दै गरिएका आलोचनाले भावनात्मक छाप पारेको छ: मिसेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डेनभर (संयुक्त राज्य अमेरिका), १३ साउन । बिगत देखिको परम्परालाई तोड्दै पहिलो अश्वेत प्रथम महिला बन्दा व्यक्त भएका केही प्रतिक्रियाले आफूमा केही चिरस्थायी भावनात्मक छाप छोडेको मिसेल ओवामाले बताउनुभएको छ ।

विमिन्स फोन्डेसन अफ कोलोराडोले बुधबार राति गरेको कार्यक्रममा बोल्दै ओबामाले सो कुरा बताउनुभएको हो । आफूलाई अश्वेत भएकै कारण एक किसिमको बाँदर (एप)सँग तुलना गरेकासम्मका प्रसङ्ग कोट्याउँदै

“मेरो आठ बर्षको सरकारी सेवाको अनुभवले बास्तवमै राष्ट्रका लागि कडा काम गरेको अनुभुति भएको छ,” अमेरिकी एक अनलाइन पत्रिकाले उहाँको भनाइलाई उद्धृत गर्दै लेखिएको छ । “अझैपनि हाम्रो मुलुकमा मेरो वर्ण कालो भएका कारण मलाई नदेख्ने समाज रहेछ,” उहाँले थप्नुभयो ।

ओवामाले आफूले महिलाका जीवनमा आउने सानाभन्दा साना भावनात्मक पीडालाई बुझ्नसक्ने संसारको परिकल्पना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अझै बिउँझिदै छौं ।”

आफूले समाजको परिवर्तनका लागि सार्वजनिक सुविधा नखोज्ने तर आफू र पूर्व राष्ट्रपति बाराक ओबामा सार्वजनिक चासोका बिषयमा सुधारका लागि कार्यरत रहिरहने उहाँले बताउनुभयो । – एपी