काठमाडौं, १२ साउन । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल सोल्टी क्राउनप्लाजामा एक भव्य कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिश प्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ्ग क्षेत्रमा Nepal Industrial and Commercial Bank प्रवेश गरेको, बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको, गुणस्तरीय सेवा प्रदान गरे बापत बैंकले ISO 9001:2008 certified भई सो Recognition पाउने एक मात्र वाणिज्य बैंक भएको, अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड बैंकले प्राप्त गरको लगायतका बैंकका ऐतिहासिक पृष्ठ भुमी एवं उपलब्धीहरुका बारेमा जानकारी दिनु भयो ।
साथै, बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका Digital Banking सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको समेत वहाँले जानकारी गराउनु भयो ।
साथै, बैंक स्थापना कालमा रु. १०० को १ साधारण शेयरमा लगानीगर्ने शेयर धनी महानुभावहरुको लगानीबाट हालको बजार मुल्य अनुसार रु.३,४९० को मुनाफा हुने अवस्था रहेको, बैंकले Digital Banking अन्र्तगत Cash less Man/ less Banking तर्फको यात्रामा उल्लेख्य आधार तय गरेको वहाँले जानकारी गराउनु भयो । सोही कार्यक्रममा बैंकका अध्यक्षले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा Television Commercial (TVC) तथा Souvenir Video को बिमोचन समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै बैंकको द्यचबलम ब्mदबककबमयच मनिषा कोइरालाले बैंकको ग्राहक मैत्रि सेवा, Strategies, Financial Inclusion जस्ता राष्ट्रिय Priority का बिषयमा यस बैंकले खेलेको भुमिकाले यस बैंक प्रति थप आत्मियता महसुस भएको, बैंकसगँ प्रत्यक्ष रुपमा सहकार्य गर्नपाउँदा राष्ट्रकै सेवा गरेको महसुस भएको र ‘बैंक पनि साथी पनि’को भावनाका साथ बैंक आगामी दिनमा सम्पुर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक हुने कुरामा पुर्ण रुपमा बिश्वास प्रकट गर्नुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले धन्यवाद ज्ञापन गर्दै बैंकले ३ बर्ष अगाडि नै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिनुभयो । साथै, वहाँले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र ए टि एम संख्या १००० पु-याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको र सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढि रहेको समेत जानकारी दिनुभयो ।
वरिष्ठ गायिका तथा बैंकको Product Promoter इन्दिरा जोशीले बैंकको Anniversary Jingle प्रत्यक्ष प्रस्तुती गर्दै NIC ASIA बैकसँग आबद्ध हुनपाएकोमा आफु गौरवान्तित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नियामक निकायका पदाधिकारीहरु, बैंकका संचालकहरु, बैकका संस्थापक तथा सर्वसाधारण शेयरधनी हरु, बैंकका ग्राहकवर्ग, सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरु, कर्मचारीहरु र विभिन्न सञ्चार सस्थांहरुबाट पाल्नु भएका पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उद्घोषण, बरिष्ट गायककार, संगीतकार तथा सञ्चारकर्मी रबिन शर्माले गर्नुभएको थियो ।
















प्रतिक्रिया