२१ कार्तिक २०८३, शनिबार

भिनाजुसँग सालाको जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ साउन । बडिमालिका नगरपालिका–७ को वडा अध्यक्ष पदमा पुनः मतगणना नगर्ने गरी आज उच्च अदालत दिपायलले फैसला गरेको छ । उक्त नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार विजयराज पण्डितले पुनः मतगणनाको माग राख्दै असार २६ गते उच्च अदालत दिपायलमा मुद्धा दर्ता गरेका थिए ।

उच्च अदालत दिपायलका न्यायाधिसद्धय शेखरचन्द्र अर्याल र दुर्गा बहादुर विश्वकर्माको संयुक्त इजलासले उक्त वडाको मत गणना पुनः नहुने गरी मुद्धा खारेज गरेको हो । अध्यक्ष पदमा विजयी भएका नेकपा (एमाले) का उम्मेद्वार धर्मराज पाध्यायको पक्षमा फैसला गर्दै विश्वराज पण्डितको मुद्धा खारेजी गरेको अधिवक्ता रणबहादुर सिंहले खड्काले जानकारी दिए ।

धर्मराज पाध्यायको पक्षमा रणबहादुर चन्द्र र मुख्य निर्वाचन अधिकृत सहीतको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका दमन सिंह विष्टले बहस गरेका थिए । भने विश्वराज पण्डितको पक्षबाट कविराज पण्डित र गोविन्द्र जोशीले बसह गरेका थिए ।

उच्च अदालतले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार असार २८ गते नवनिर्वाचित अध्यक्ष कुनै कार्य नगर्न÷नगराउन हुन आदेश दिएको थियो । पराजित भएका विश्वराज पण्डितले विजयी धर्मराज पाध्याय, मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा, मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेन, जिल्ला निर्वाचन कार्यालय बाजुरालाई विपक्षी बनाएर मुद्धा दायर गरिएको थियो ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विश्वराज पण्डित चार मतले पराजित भएका थिए । विजयी भएका धर्मराज पाध्यायले ४३३ मत ल्याए भने विश्वराज पण्डितले ४२९ मत ल्याएर पराजित भएका थिए ।

खसेको कुल ९३९ मत मध्ये ३० मत बदर भएको थियो भने ४७ मत माओवादीको उम्मेदवारले पाएका हुन् । पण्डितले मत गणनामा मुख्य निर्वाचन अधिकृत सुतेको र मतगणनामा धाँधली भएको भन्दै उजुरी दिएका हुन् ।

पराजित विश्वराज पण्डित विजेता धर्मराज पाध्यायको आफ्नै सकेत भिजानु हुन् । एकै पदमा लडेका भिना साला हारजितका लागि अदालत सम्म पुगेका छन् । निर्वाचनमा चार मतले जितेका पाध्यायले अदालतमा पनि मुद्दा जितेका छन् ।