४ कार्तिक २०८३, बुधबार

घरमै सेवा दिदै एसियन लाइफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भूमिराज जोशी

दिपायल, ११ साउन । गत बिहीबार दिउँसो एक टोली सायल गाउँपालिका साबिकको डौड गाबिस ९ घोगातलमा धना देबी साउँदको घरमा पुग्यो । धनादेबी एकछिन त अकमक्क परिन । त्यसपछि सोधिन हजुरलाई त चिन्न सकिन नी हजुरहरु मेरो घरमा कसरी पुग्नु भो ? एसियन लाईफलाई प्रश्न तेर्स्याइन ।

एसियन लाइफ पनि अर्कैको घरमा पो आयौंकी भनेर एक अर्काको मुखा मुख गर्न थाले । त्यसपछि धनादेबीलाई सोधे, स्वर्गीय दल बहादुर साउँदको घर कता होला ? अनि धनादेबीले आँखा भरी आँसु पार्दै भनिन यो नै हो हजुर घर, हजुरहरु कताबाट आउनु भएको होला ? धनादेबीले प्रश्न गरिन । अनि एसियन लाईफ इन्स्योरेन्स कम्पनी दिपायलका शाखा प्रमुख नबराज पण्डितले भने, हामी बिमा कम्पनीबाट आएका । तपाँईको श्रीमानले एसियन लाइफमा बिमा भर्नुभएको थाहा छ ? एसियन लाइफको प्रश्नमा धनादेबीले भनिन, हो हजुर ।

एकैछिनको छोटो सम्बाद पछि गाउँका आफन्तहरुलाई बोलाई सामान्य भेटघाट कार्यक्रम गरी बिमाङ्क रकम र ब्याज गरी एकमुष्ट चेक हस्तान्तरण ग¥यो । फेरी एसियन लाइफ र धनादेबी बिच सम्बाद भयो । यो चेक कति रुपैयाँको हजुर ? एसियन लाइफका प्रबन्धक पण्डितले भने, एक लाख १७ हजारको । कसरी ? हामीले त थोरै मात्र बुझाएका थियौं । धनादेबीले भनिन्, पण्डितले भने, यो मृत्यु दाबी भुक्तानी रकम र जम्मा रकमको ब्याज बाफत भएको रकम हो । धनादेबीले खुसीका आँसु फाल्दै भनिन, ‘मेरो लागि त एसियन लाइफ भगवान बनेर आयो ।’

काल गतिले मृत्यु भएपछि बिमाङ्क रकम पाउने र दुर्घटनामा परेर मृत्यु भएपछि बिमाङ्कको दोब्बर बिमितले पाउने शाखा प्रबन्धक पण्डितले बताए । उनले भने, ‘बिमितले बिमा भर्न सुरु गरेको दिनदेखि नै बिमितले पाउने सबै सेवा सुबिधाहरु प्राप्त गर्छ ।’

१५ बर्षसम्म एक लाख जम्मा गरिसक्नु पर्नेमा स्वर्गीय दल बहादुरले तीन बर्षसम्म मात्र किस्ता तिरेका थिए । उनको काल गतिले मृत्यु भएपछि बिमाङ्क रकम सबै बिमितलाई बुझाउनु पर्ने कम्पनीको नीति अनुसार बिमित परिवारलाई रकम बुझाएको उनले बताए ।

धनालाई मात्र होइन । गत महिना एकजना पूर्वीचौकी गाउँपालिकाका स्थानीयलाई एसियन लाइफले १० लाखको चेक हस्तान्तरण गरेपछि डोटीमा झनै एसियन लाइफले चर्चा बटुलेको हो । कतिपयले त आफ्नो मन मुटु नै एसियन लाईफ भन्ने बुझाइ नै गरेका छन । अरु बिमा कम्पनीको भन्दा पाउने सेवा सुबिधा पनि चाँडै पाइन्छ ।

एसियन लाईफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता रमेश बिकले भने, ‘एसियन लाइफले सेवा सुबिधा प्रतिशतमा राम्रो दिन्छ । बिमितहरुलाई पनि हौसला प्रदानका साथ ब्यवहारिकतामा बढी जोड दिन्छ त्यसैले चाँडै चर्चा बटुल्न सफल भएको हो ।’

दिपायलमा शाखा बिस्तार भएको नौ बर्ष भयो, शाखा प्रबन्धक पण्डितले भने, ‘यो शाखाले हालसम्म काल गतिले मर्ने बिमित र दुर्घटनामा मृत्यु हुने बिमितहरु गरी एक सय ४७ जनालाई ब्याज सहित बिमाङ्क रकम उपलब्ध गराएका छौं ।’ जस मध्ये ८९ जना काल गति, २५ जना दुर्घटना र ३३ जनालाई मासिक शैक्षिक खर्च भनेर दिने गरेको उनले बताए ।