२१ कार्तिक २०८३, शनिबार

कलैयामा श्रीमतीको बन्चरो प्रहार गरी हत्या

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ११ साउन । कलैया उपमहानगरपालिकामा गएराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

कलैया उपमहानगरपालिका– २४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो । कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ । रासस