
काठमाडौं । चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी बम्जनलाई चलचित्र पत्रकारहरूले बहिष्कारको चेतावनी दिएका छन् ।
चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई अभिनेत्री केसीले सामाजिक सञ्जाल फेसबुकबाट गाली बेइज्जती गरेको भन्दै संघले अभिनेत्री केसीसँग तीन दिनभित्र स्पष्टीकरण दिन चेतावनी दिएको छ ।
संघका सचिव वैकुण्ठराज पराजुलीले मंगलबार विज्ञप्ति जारी गरी तीन दिनभित्र स्पष्टीकरण नदिए केसीका समाचार बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
अभिनेत्री केसीले यसअघि पनि संघका साधारण सदस्य स्वस्तिका चिलुवाललाई भौतिक आक्रमणको धम्की दिएको संघले जनाएको छ ।
अभिनेत्री सुष्मिता केसी बमजन अभिनेता भुवन केसीकी पूर्वपत्नी तथा अनमोल केसीकी आमा हुन् ।















प्रतिक्रिया