३ कार्तिक २०८३, मंगलबार

फूल मनोरञ्जनको ग्यारेन्टीसहित ‘धुम २’को ट्रेलर सार्वजनिक (भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता जयकिशन बस्नेतको लेखन, नृत्य, निर्माण र निर्देशनमा बनेको फिल्म ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्मका कलाकार तथा पत्रकारमाझ ट्रेलर सार्वजनिक गरियो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकारसमेत रहेका जयकिशनले फिल्म पूर्ण रुपमा कमेडी फ्लेबरमा बनेको बताए । ‘हामीले फिल्मको नारा नै मनोरञ्जनको सत प्रशित ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि फिल्म दर्शकका लागि रुचीकर हुनेछ,’ उनले भने, ‘नारी प्रधानतालाई प्राथमिकता दिएकाले पनि फिल्म दर्शकले मनपराउनेछन् ।’

फिल्मबाट अभिनयमा डेब्यु गरेकी नायिका सिर्जना भट्टराईले आफू छुच्ची चरित्रमा अभिनय गरेको बताइन् । अर्का अभिनेता शोभित बस्नेतले फिल्म रमाइलो किसिमको खलचरित्रमा देखिने खुलाए । फिल्ममा कलाकारसमेत रहेका चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले दर्शकले एउटा पूर्ण मनोरञ्जन प्रदान फिल्म हेर्न पाउने जनाए । कार्यक्रममा फिल्मका दुई गीत पनि देखाइएको थियो ।

ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ ।

तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

भिडियो: