३ कार्तिक २०८३, मंगलबार

‘डाइनामिक’ नायक विराज भट्ट

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भोजपुरी फिल्महरूमा ज्यादै व्यस्त हुँदै आएका नायक विराट भट्टको नेपाली फिल्म ‘जय परशुराम’पछि अर्को नयाँ फिल्म आउने अत्तोपत्तो छैन । नेपाली फिल्ममा रुचाइएका अभिनेतामा पर्ने विराज भट्टको माग छ ।

तर, भोजपुरी फिल्ममा उनको व्यस्तताले नेपाली फिल्म खेल्न नसेकेको आरोपहरू लाग्न थालेको छ । रोज राणाद्वारा निर्माण गरिएको फिल्म ‘जय परशुराम’ले राम्रो कमाइ गरेपछि उनको माग ह्वात्तै बढेको थियो । नेपाली फिल्महरूले राम्रो कमाइ गर्न नसकिरहेका बेला ‘जय परशुराम’ले नाम र दाम कमाएको थियो ।

नायक विराज भट्ट फेरि पनि त्यस्तै राम्रा नेपाली फिल्म खेल्ने तयारीमा रहेको बताइएको छ । एक्सन, नृत्य, अभिनयमा राम्रो दख्ल राख्ने विराज भट्टको माग भोजपुरी फिल्महरूमा पनि अत्याधिक छ ।

रुवाती दिन जस्तो पायो त्यस्तै फिल्म खेल्ने गरेका विराज भट्ट आजकाल कथा, स्क्रिप्ट र फिल्मको बजेट हेरेर काम गर्ने गरेका छन् ।

कथा र स्क्रिप्ट मन प-यो भने उनले आफूले लिने गरेको पारिश्रमिकभन्दा पनि निकै तल झरेर पैसा लिने गरेको चर्चा हुने गरेको छ ।

फिल्म निर्देशक अमर ओलीले विराज भट्ट जत्तिको डाइनामिक हीरो नेपाली फिल्ममा नरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘छन त थुप्रै नेपाली फिल्मका नायकहरू छन् । राम्रा पनि छन् । तर, विराज भट्ट जस्तो नायक अरु छैनन् ।’