
काठमाडौं, ९ साउन । सानिमा माई हाइड्रोपावरले हकप्रद शेयर दिने भएको छ । १ बराबर १ अर्थात १०० शतप्रतिशत हकप्रद शेयर निश्चित गरेको छ ।
कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।
कम्पनीको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । हकप्रद हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हाल १ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको सानिमामाई हाइड्रो पावरले १ बराबर १ को अनुपातका दरले हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।















प्रतिक्रिया