४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजः विद्यार्थी भ्रमण सम्बन्धि नयाँ अन्वेषण गर्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यूल्लेन्सका विद्यार्थी: बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रम अन्तर्गत कतार एयरवेजबाट अमेरिका प्रस्थान गर्नुअघि

काठमाडौं, ८ साउन । काठमाडौंका ठूला विद्यालयहरुले पाठ्यक्रमकै अंशका रुपमा विद्यार्थी भ्रमणमा लगानी गर्न थालेका छन् ।

सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई अमेरिका भ्रमणमा लैजाँदा यूल्लेन्स स्कुलले हर्ष ब्यक्त गरे । यूलेन्स स्कूलमा अध्ययनरत ४२ हाई स्कूल विद्यार्थीहरु जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा जाँदैछन् ।

भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गर्नेछन् । यो भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्नु हो ।

विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथसोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाट, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ ।

ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेज मार्फत भ्रमण दल अमेरिका घुम्ने छ । कतार एयरलाइन विश्व स्तरिय सुविधा र बिनम्र चालकदलका लागि प्रख्यात छ । कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा लाने क्रममा स्मरणिय एन फ्लाइट प्रदान गर्न पाउँदा उल्लेन्स स्कूल अत्यन्त प्रशन्न रहेको विद्यालयले जानकरी दिएको छ ।

कतार एयरवेजले न्यू योर्क, एट्लान्टा, वासिंटन डीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा दैनिक उडान भर्ने गरेको छ ।