३ कार्तिक २०८३, मंगलबार

पोर्नस्टार सन्नीले भित्र्याइन छोरी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो ।

केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा आमा बन्ने रहर रहेको तर गर्भवती हुनबाट डर लाग्ने सन्नीको भनाइ थियो ।

उनले आफ्नो साथमा बच्चा आउँदा, दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याइदिएकी छिन् ।

यस्तो अभिव्यक्ति सार्वजनिक भएको केही दिनमै सन्नीले आमा बनेर पुष्टि गरेकी छिन् । एउटी बच्चीलाई उनले धर्मपुत्री बनाएकी हुन् ।

उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् ।

सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् । – एजेन्सी