– रामचन्द्र घर्ती
जाजरकोट, ७ साउन । जाजरकोटका बिभिन्न खोलामा रहेका काठे पुल जिर्ण भएका छन् । स्थानीय खोलामा राखिएका वर्षौ पुराना काठका पुलहरु जिर्ण अवस्थामा रहेका हुन् ।
वर्षातको समयमा खोला वारपार गर्न राखिएका सामान्य काठका पुलहरु जिर्ण हुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
गत सोमबार २ गते मात्रै त्रिवेणी नलगाड नगरपालिका–३ का ४० वर्षीय होमबहादुर दमाईको हिँड्दा हिँड्दै काठे पुल भाँच्चिएर खोलाले बगाउँदा ज्यानै गएको थियो ।













प्रतिक्रिया