३ कार्तिक २०८३, मंगलबार

ह्वात्तै घट्यो रेखा थापाको क्रेज, कार्यक्रममा बोलाउनै छाडे

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । कुनै बेला हरेक कार्यक्रममा बालाइने गरेकी अभिनेत्री रेखा थापा धेरै कार्यक्रमहरूमा छुट्ने गरेकी छिन् ।

पहिला पहिला अहंताका कारण कार्यक्रममा बोलाउँदा पनि नआउने रेखालाई आजकाल भने कार्यक्रम आयोजकहरूले बोलाउनै छाडेको हुन् ।

फिल्मसम्बन्धी कार्यक्रममा राजधानीमा दिनमा ४/५ वटा हुने गरेका छन् । तर, ती कार्यक्रमहरूमा रेखा थापा देखिँदैनिन् ।

एकजना फिल्मकर्मीले भने, ‘पहिला रेखा थापालाई बोलाउँदा आउँदैन थिइन् । अब उनलाई फिल्मकर्मीहरूले बोलाउनै छाडे ।’

युवापुस्ताको रोजाइमा रेखा थापा पर्न छाडेको टिकाटिप्पी हुन थालेको छ । रेखा थापा अभिनित फिल्महरू पनि आजकाल चल्न छाडेका छन् । उनलाई फिल्ममा खेलाउन निर्माता र निर्देशकहरूले खासै चासो देखाउँदैनन् ।

माओवादीको राजनीति छाडेर केही महिना अगाडि राप्रपामा प्रवेश गरेकी रेखा थापाको चर्चा पार्टीभित्र खासै छैन ।

राजनीति र फिल्म क्षेत्रबाट आफ्नो महत्व घटन् थालेपछि रेखा थापाले एनजिओ पनि चलाएकी छिन् । उनको एनजिओ पनि बेलाबेलामा विवादमा आइरहने गरेको स्रोतको भनाइ छ ।