
काठमाडौं, ७ साउन । सहरी विकासमन्त्री प्रभु साहले संविधान संशोधन प्रस्ताव पारित भएपनि वा नभएपनि राजपा नेपाल निर्वाचनमा सहभागी हुनुपर्ने बताउनु भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री साहले दलहरूवीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्नुपर्छ, मधेसको समस्या हल गर्न सरकार गम्भीर छ ।’
मन्त्री साहले अहिले संविधान संशोधन गर्नै हुँदैन भन्ने र संविधान मान्दै मान्दैनौं जलाउँछौं भन्नेहरू एक ठाउँमा बसेर कुराकानी भैरहेको बताउनुभयो । उहाँले दुबै पक्ष नजिक आएकोले संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।












प्रतिक्रिया