
स्विटजरल्याण्ड । एमाले निकट प्रवासी नेपाली मञ्च स्विजरल्याण्डको अधिवेशन सम्पन्न गर्नको लागि एमालेका केन्द्रीय सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराई जेनेभामा आईपुगेका छन् ।
स्विजरल्याण्डको रमणीय सहर जेनेभा शहरमा यहि जुलाई २३ आईतबारका दिन हुन लागेको अधिवेशनमा सहभागी हुन भट्टराई स्विटजरल्याण्ड आएका हुन् ।
प्रवासी नेपाली मञ्चको हुन गैरहेको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चुनिने छ ।
पहिलो अधिवेशनमा एमालेका नेता भीम रावल प्रमुख आथित्यमा संजय मुडभरीको नेतृत्वमा सर्बसम्मतिले चयन भएको थियो ।
पहिलो अधिवेशनमा प्रवासी नेपाली मञ्चका केही सदस्यहरु भूमि गुरुङको नेतृत्वमा मञ्च छोडेर अलग्गै मञ्च बनाएका थिए । त्यसलाई एमाले केन्द्रीय कार्यालयले मान्यता दिएको थिएन ।
असन्तुष्ट पक्ष पनि आफूले गल्ती गरेको स्वीकार्दै एक हुने जनाएको छ । भट्टराईलाई स्वागत गर्न मंचका संस्थापक संयोजक तथा युरोप संयोजक सुवास पोख्रेल, मंचका अध्यक्ष संजय मुडवरी, मंचका उपाध्यक्ष श्रवण केसी तथा सचिब बिक्रम केसी विमानस्थल पुगेका थिए ।















प्रतिक्रिया