काठमाडौं, ७ साउन । मंगलदीप स्कुल प्रथम अन्तर स्कुल नेटबल प्रतियोगितामा च्यम्पियन बनेको छ ।
शुत्रवार भएको फाईनल खेलमा बौद्धको मंगलदीपले बुद्धनगरको स्वप्नबाटिका स्कुलमाथी १३–९ स्कोरले पछि पादै उपाधि चुम्यो ।
चार क्वाटरको खेलमां मंगलदीपले स्वप्नबाटीकालाई २–१,४–४,४–३ र ३–१ को स्कोरमा रोकेको थियो । प्रत्येक क्वाटर ७ मिनेटको खेलाईएको थियो ।
नेपाल नेट बल सघको आयोजनामा त्रिपुरेश्वरको कर्भड हलमा तेश्रो स्थानका लागि भएको खेलमा सामाखुसी बोडिङ स्कुल (सेब) ले जनसेवालाई १२–१० को स्कोरमा स्तब्ध बनायो । सेबले चारै क्वाटरमा समान ३–३ अंक जोड्दै समग्रमा १२ स्कोर बनाएको थियो ।
जनसेवाले भने पहिलो र दोश्रो क्वाटमा समान २–२ स्कोर तथा तेश्रो र चौथो क्वाटरमा समान ३–३ स्कोर गदै समग्रमा १० स्कोर फर्काएको थियो ।
प्रतियोगितामा स्वप्नबाटीकाकी बिनिता खत्री बेष्ट डिफेन्स भईन् । प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि च्याम्पियन टिम मंगलदीपकी कर्मा डोल्मा तामाङले जितिन् ।
बिजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट,नेटबल अष्ट्रेलियाकी बिकास संयोजक स्टेफिनि एन्डरसन, नेपाल नेटबल संघका अध्यक्ष वीरबहादुर तामाङ,महासचिव दिपक लामालगायतले पुरस्कृत गरेका थिए । दुई दिने प्रतियोगितामा १० स्कुलको सहभागिता रहेको थियो ।















प्रतिक्रिया