१ कार्तिक २०८३, आइतबार

यु–१९ विश्वकप छनोटमा नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । सिंगापुरमा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेट छनोट नेपालले तेस्रो जित हात पारेको छ । शुक्रबार सम्पन्न समूह चरणको चौथो खेलमा सिंगापुरलाई उसकै घरेलु मैदानमा २२ रनले पराजित गर्दै नेपाल विजयी भएको हो ।

सिंगापुरको घरेलु मैदानमा टस जितेर ब्याटिङ गर्दै ४६.५ ओभरमा सबै विकेट गुमाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले सिंगापुरलाई १४६ रनमा अलआउट गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै ८३ बलमा दुई छक्का र दुई चौकासहित ५४ रनको योगदान दिए ।

यसअघि नेपालले पहिलो खेलमा पनि सिंगापुरलाई हराउँदै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा मलेसियामाथि जित हात पारेको थियो । तेस्रो खेलमा अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो ।