३ कार्तिक २०८३, मंगलबार

विश्वकै चर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । विश्वमै चर्चित अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् ।

आफ्नो पछिल्लो गीति एल्बम् ‘वान मोर लाइट’को प्रचार प्रसारमा व्यस्त रहेका ४१ वर्षीय चेस्टरले शुक्रबार अचानक आत्महत्या गरेका हुन् । उनको शव घाँटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले फेला पारेको बीबीसीले जनाएको छ । परिवारका सदस्यहरू बाहिर गएको बेला चेस्टरले आत्महत्या गरेको प्रहरीले बताएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक समेत रहेका चेस्टरले लागु औषध सेवन गर्दै आएका थिए । आफ्नो नयाँ गीति एल्बमको प्रचारका लागि उनी पछिल्लो समयमा थुप्रै देशहरूको भ्रमणमा समेत गएका थिए ।