
काठमाडौं । मोडल एवम् अभिनेत्री शिल्पा पोखरले फिल्म मेकर एवम् अभिनेत्री रेखा थापाका पूर्वपति छविराज ओझासँग देखिन छाडेकी छिन् ।
कारण हो ‘डाक्टर खाते’ नामक फिल्मका कारण । हुन त बेलाबेला ओझा र शिल्पाको जोडी विभिन्न स्थानमा सँगै देखिने गरेको फिल्मी बजारमा हल्ला भइरहन्छन् ।
लामो समयपछि ब्रेक पाएकी शिल्पाले यो फिल्मको प्रमोशनका लागि समय दिने गरेको बताइन्छ । फिल्ममा खासै चल्न नसकेकी शिल्पाको बजारमा माग पनि छैन भन्ने चर्चा छ । छविराज ओझाको फिल्ममा मात्रै खेल्ने गरेकी शिल्पा आजकाल बाहिरका फिल्म पनि खेल्न थालेकी छिन् । तैपनि उनका फिल्म सोँचेअनुसार चल्न सकेका छैनन् ।
रेखा थापासँग सम्बन्ध विच्छेद गरेपछि छविराज ओझाले आफ्नो कम्पनीमा शिल्पालाई भित्र्याएका हुन् । शिल्पालाई फिल्ममा हिरोइन बनाउन छविराजको ठूलो योगदान छ । शिल्पा र छविराज ओझाबीच विवाह हुने चर्चा पनि थियो । तर, अहिलेसम्म यो जोडीले विवाह गरेको छैन । बरु छाढिँदै गएको आभास हुन थालेको आरोप लाग्ने गरेको छ ।
फिल्म निर्माता रोशनी केसीले बनाएको फिल्म ‘डाक्टर खाते’ रिलिजको तयारीमा छ । यो फिल्मलाई रबिराज अर्यालले निर्देशन गरेका हुन् ।
फिल्ममा रोशनी केसी, शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय छ ।
काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले यो फिल्म बितरण जिम्मा लिएका छन् ।















प्रतिक्रिया