काठमाडौं, ५ साउन । भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका छन् ।
बीबीसीका अनुसार बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनको राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाइन् ।
राष्ट्रपति निर्वाचित कोविन्द भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका दलित नेता हुन् ।
















प्रतिक्रिया