२ कार्तिक २०८३, सोमबार

भारतको औन्धमा प्रवासी नेपाली संघको प्रारम्भिक समिति गठन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको औन्धमा प्रवासी नेपाली संघको प्रारम्भिक समिति गठन भएको छ ।

प्रवासी नेपाली संघ भारत पुना नगर समितिका सदस्य गणेश खतिवडा र नगर समिति सचिव त्रिलोचन देवकोटाको पहलमा गठन भएको समितिको अध्यक्षमा भवानी अधिकारी चयन भएका छन् ।

पुना नगर समितिका अध्यक्ष झपर कडाराको अध्यक्षता र समिति सचिव त्रिलोचन देवकोटाको सञ्चालनमा पुनाको औन्ध न्यु डीपी रोडको अम्बर रेस्टुरेन्टमा सम्पन्न भेलाले अधिकारीको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्ण थापा, सचिवमा भानुभक्त खतिवडा, कोषाध्यक्षमा मनोज भट्ट, सहसचिवमा धनिराम भण्डारी, सहकोषाध्यक्षमा जमान सिंह धामी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गणेश जोशी, अर्जुन थापा, केशव काफ्ले, रेशम थापा, ओमकार थापा, कुशे नेपाली, शिवाराम काफ्ले, भागिराम भण्डारी, गोकर्ण भण्डारी, तारा खतिवडा, हरि दमाई रहेका छन् ।

समितिको प्रमुख सल्लाहकारमा त्रिलोचन देवकोटा, सल्लाहकार सदस्यमा पुरन भन्डारी, लक्ष्मण भट्ट, गङ्गाराम खतिवडा, गणेश खतिवडा र लालमणि ओझालाई चयन गरिएको छ ।

उत्पीडित मुक्ति समाज नेपालका पूर्व केन्द्रिय सदस्य दिपक सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नवगठित सदस्यहरुले प्रमुत अतिथिबाटै पद तथा गोपनियताको सपथ लिएका थिए ।