२१ कार्तिक २०८३, शनिबार

कुडापानीमा जिप दुर्घटना, चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ५ साउन । अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन् ।

अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नंको जिप दुर्घटना भएको थियो ।

घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस