४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया २०औँ वर्षमा प्रवेश, यस्ता छन् उपलब्धी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । एनआईसी एशिया बैंक १९औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ ।

निजी क्षेत्रका सफल बैंकका रुपमा स्थापित एनआईसी एशिया बैंकले विराटनगरबाट आफ्नो यात्रा २०५४ सालमा सुरु गरेको हो ।

विक्रम संवत २०५४ साउन ५ गते क्षेत्रीय बैंकका रुपमा ‘नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल’ बैंकबाट बैंकिङ कारोबार सुरु गरेको सो बैंकले निजी क्षेत्रमा अलग पहिचान बनाएको छ ।

२०६४ असोज २ गते स्थापना भएको नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक, बैंक अफ एशिया नेपालसँग २०७० असार १६ गते मर्ज भएको थियो ।

यो बैंकले आफ्ना शाखाहरूको संख्या १ सय १९ वटा पुगाएको छ । ४ वटा विस्तारित काउण्टर, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरबाट सेवा प्रवाह गरिरहेको छ ।

एनआईसी एशिया बैंकले एक वर्षको अवधीमा आफ्ना शाखा बढाएर २ सय वटा पुगाउने लक्ष्य राखेको छ ।

साना तथा मझौला कर्जालाई विषेश प्राथमिकता दिइरहेको यो बैंकले आर्थिक वर्ष २०७३–०७४ को असार मसान्तमा एक अर्ब ४८ करोड नाफा आर्जन गरेको छ ।

बैंकको नाफा अघिल्लो वर्ष एक अर्ब ७ करोड रुपैयाँ थियो । बैंकले यो अवधीसम्म आइपुग्दा आफ्नो कुल निक्षेप ८५ अर्ब रुपैयाँ पुगाएको छ ।

अघिल्लो आवमा ६८ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले आव २०७३–०७४ मा निक्षेप २६ प्रतिशतले बढाएको छ । एक वर्षमा कर्जा लगानी साढे ५९ अर्बवाट बढाएर साढे ७२ अर्ब रुपैयाँ पुगाएको छ । बैंकले यो अवधीमा निष्क्रिय कर्जा अनुपात ०.३७ प्रतिशतमा झारेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले अहिलेसम्म लगानीकर्तालाई बैंकले ५ अर्ब ६० करोड रुपैयाँ बरावरको लाभांश वितरण गरिसकेको जानकारी दिनुभयो । उनले सरकारलाई हालसम्म ५ अर्ब रुपैयाँ कर भुक्तानी गरेको बताउनुभयो ।

उहाँले एटीएमको संख्या ४ सय वटा, शाखा रहित बैंकिङ सेवा २ सय भन्दा धेरै रहेको बताउनुभयो । बैंकले रेमिट्यान्स पेयआउट संख्या १० हजार कायम गर्ने योजना रहेको जानकारी उहाँले दिनु भयो ।

एनआईसी एशिया बैंकले ‘हामी बैंक पनि साथी पनि’ भन्ने नाराका साथ सेवा दिँदै आएको छ । ‘एनआईसी एसियाले केही समयमानै लघुवित्त कम्पनी समेत स्थापना गर्ने योजना बनाएको छ’, रिसालले बताउनुभयो ।

बैंकले अहिले अनलाईन सिस्टमलाई थप आधुनिक गर्दै सवै सेवाग्राहीलाई बैकिङ सेवा अनलाइनवाट नै दिने काम तीव्र रुपमा गरिहेको भन्दै एसएमएस लगायतका सेवा थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

वातावरण, खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अर्न्तगत सहयोग पुगाउँदै आएको बैंकले गत आर्थिक वर्षमा मात्र ८ हजार विरुवा रोपेको जनाउनुभयो ।