२१ कार्तिक २०८३, शनिबार

दाङ घर भएकी महिलाको तनहुँमा फेला पर्‍यो शव

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

पोखरा, ५ साउन । सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको हो ।

बुधबार साँझ भेटिएको शव मृतकको सानीआमा सुमित्रा नेपालीले सनाखत गरी परीक्षणका लागि जिल्ला अस्पताल तनहुँमा पठाइएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सोमबार साँझ नुहाउने क्रममा सेतीनदीमा डुबेर उनीसँगै बेपत्ता भएका दाङ जिल्ला ताफेका १९ वर्षीय धोनी नेपाली र १७ वर्षीय सुनिल परियार अझै बेपत्ता छन् ।