सल्यान, ५ साउन । जिल्ला मालपोत कार्यालय सल्यानमा यस वर्ष झन्डै २ करोड राज्वस्व संकलन भएको छ । मालपोत कार्यालयले गत वर्षभन्दा यस वर्ष १९.५६ प्रतिशतले राज्वस्वमा वृद्धि भएको जनाएको छ ।
मालपोत कार्यालय सल्यानले यस वर्ष १ करोड ९९ लाख ६७ हजार ३ सय ७५ रुपैयाँ संकलन गरेको हो ।
गत आर्थिक वर्ष ०७२/०७३ मा १ करोड ६७ लाख ८ सय २५ रुपैयाँ संकलन गरेको थियो । यस आर्थिक वर्ष भने ३२ लाख ६६ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय सल्यानका मालपोत अधिकृत हेमराज शर्माले जानकारी दिनु भयो ।
उहाँले यस वर्ष मालपोत कार्यालय सल्यानमाराजिष्ट्रेशन लिखतमा कमी आए पनि राजस्वमा वृदि भएको वताउनु भएको छ ।
गत वर्ष ४ हजार ८ सय २६ वटा लिखत पास भएकोमा यस वर्ष घटेर ४ हजार ६ सय ७ वटा लिखत पास भएका छन ।
महिलाको नाममा १ हजार ९५ वटा लिखत, दलितको नाममा ३ सय ५६ वटा लिखत पास भएका छन । गत वर्ष मालपोत कार्यालय सल्यानमा महिलाको नाममा १२ सय १२ वटा लिखत, १८ लाख ९० हजार ४ सय २१ रुपौयाँ छुट पाएकोमा यस वर्ष १ हजार ९५ वटा लिखत वाट २१ लाख ३५ हजार २ सय ७१ रुपैँया छुट पाएका छन ।
यस्तै दलित तर्फ गत वर्ष १२ सय १२ वटा लिखतमा २ लाख ६५ हजार ९ सय ८ रुपौयाँ छुट पाएकोमा यस वर्ष ३ सय ५६ वटा लिखत वाट ४ लाख ११ हजार १ सय ८८ रुपौयाँ छुट पाएको मालपोत अधिकृत शर्माले वताउनु भयो ।
यस्तै अपाङ्गतर्फ गत वर्ष १ जना अपाङ्गता भएका व्यक्ति आफनो नाममा लालपुर्जा गराएकोमा यसवर्ष कुनै पनि अपाङ्गता भएकाले आफनो नाममा लाल पुर्जा नगराएको उहाँले वताउनु भयो ।















प्रतिक्रिया