म्याग्दी, ४ साउन । आफ्नै श्रीमानलाई कोदालो प्रहार गरी मारेको अभियोगमा मालिका गाउँपालिका–२ धुलाबाङ बस्ने २५ बर्षीया रञ्जना जिसीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिसीले मंगलबार राति आफ्नै ३४ बर्षीय श्रीमान शिब जिसीलाई टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया