२१ कार्तिक २०८३, शनिबार

बर्दियामा बालिका र वृद्वको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बर्दिया, ४ साउन । मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मानपुर बस्ने पणँ ऐरीकी छोरी ११ वर्षीया सपना ऐरी घरबाट नजिकै धोबीखोला नहरमा नुहाउने क्रममा दिउँसो डुबेर बेपत्ता भएकीमा राति शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–६ बस्ने ६६ वर्षीय शेरबहादुर शाही मादक पदार्थ सेवन गरी नजिकै स्याउली बजारस्थित तटबन्धबाट नदीमा खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रासस